जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • नबिल बैंकले हटायो बचत खातामा दिइरहेको छुट सुविधा

नबिल बैंकले हटायो बचत खातामा दिइरहेको छुट सुविधा

नबिल बैंकले विभिन्न बचत खातामा दिइरहेको छुट सुविधाहरू हटाएको छ । बैंकले कात्तिक १ गतेबाट खोलिने नयाँ खाताहरूमा लकर शुल्कमा रहेका सम्पूर्ण छुट सुविधा र डेबिट कार्ड शुल्मा प्रदान गरिएका छुट सुविधा हटाएको हो ।

बैंकका अनुसार लकर शुल्कमा रहेका सम्पूर्ण छुट सुविधा कात्तिक १ गतेबाट खोलिने नयाँ बचत खाताबाट हटाइएको छ ।

यस्तै, डेबिट कार्ड शुल्मा प्रदान गरिएका छुट सुविधा भने नबिल प्रिमियम नारि बचत खाता, कर्मशील बचत खाता, जेन–एन अकाउन्ट, सेयरहोल्डरर्स सेभिङ्गस एकाउन्ट, प्रिमियम प्यारोल सेभिङ्गस एकाउन्ट, प्रिमियम रेमिट्यान्स सेभिङ्गस एकाउन्टबाट हटाइएको हो । छुट सुविधा हटाएसँगै अब बैंकको सेवा शुल्क सूची (एससीएस) अनुसार लागू हुनेछ ।

2625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका