जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अर्थमन्त्री महत र गभर्नर अधिकारी बीच भेटवार्ता,आर्थिक तथा वित्तीय स्थितिबारे छलफल

अर्थमन्त्री महत र गभर्नर अधिकारी बीच भेटवार्ता,आर्थिक तथा वित्तीय स्थितिबारे छलफल

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा प्रकाशशरण महत बीच बिहीबार भेटवार्ता भएको छ ।

सो अवसरमा गभर्नर अधिकारी तथा अर्थमन्त्री महत बीच मुलुकको बर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल भएको छ ।

साथै मौद्रिक नीतिको समीक्षा बारे पनि छलफल भएको बताइएको छ। यसैगरी सोही अवसरमा उनले अर्थमन्त्री समक्ष आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पनि बुझाएका छन् ।

उक्त प्रतिवेदनका अनुसार केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/ ८० मा ८७ अर्ब बढी खुद नाफा कमाएको छ।

केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/०८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार ४४८ रुपैयाँ खुद नाफा कमाएको हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा राष्ट्र बैंकको खुद नाफा २९.२५ प्रतिशतले बढी हो । गत वर्ष राष्ट्र बैंकको खुद नाफा ६१ अर्ब ९८ करोड रुपैयाँ थियो ।

895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका