जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • दशैंअघि कृषि विकास बैंकले दिंदैछ ‘गूड न्यूज’, कति आउला लाभांश ?

दशैंअघि कृषि विकास बैंकले दिंदैछ ‘गूड न्यूज’, कति आउला लाभांश ?

दोश्रो बजारमा सूचीकृत कम्पनीहरुबाट लाभांश घोषणा गर्ने क्रम सुरु भएको छ । नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता अरुको तुलनामा धेरै नै रहेकोले उनीहरुले घोषणा गर्ने लाभांश पनि सधैं चर्चामा आउने गर्छ । बैंकहरुको अवस्था केही खस्किएका कारण यो वर्ष कुन बैंकले कति लाभांश घोषणा गर्लान् भन्ने विषयमा चासो देखिन्छ ।

नेपालका वाणिज्य बैंकमध्ये हालसम्ममा माछापुच्छ्रे, सिटिजन्स, एभरेष्ट, एनआइसी एशिया र सानिमा बैंकले लाभांश घोषणा गरेका छन् ।

कुल २० वाणिज्य बैंकमध्ये पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको दोश्रो बजारमा कारोबार हुँदैन । बाँकी १९ वटा बैंकमध्ये अझै १४ वटा बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी नै छ ।

बैंकस्थित उच्च स्रोतका अनुसार कृषि विकास बैंकसँग यो वर्ष बाँड्न मिल्ने लाभांश १५ प्रतिशत हाराहारीमा रहेको छ । तर, यसमा केही करोड प्रभिजनको कडा व्यवस्थाका कारण तलमाथि पर्नसक्छ । त्यसो हुँदा बैंकले यो पटक १४ प्रतिशत हाराहारीमा लाभांश बाँड्नसक्ने देखिन्छ ।

तर, बैंक स्रोतले दिएको जानकारीअनुसार बाँड्न मिल्ने सबै रकम लाभांशको रुपमा आउने सम्भावना छैन । ‘पुगनपुग डबल डिजीटको लाभांश आयो भने अहिलेको अवस्थामा राम्रै मान्नुपर्छ ।’ बैंकका एक उच्च अधिकारीले भने–‘हाम्रो योजना पनि त्यस्तै छ । तर, ठ्याक्कै भनिहाल्ने अवस्था भने छैन ।’

हाल कृषि विकास बैंकको गत वर्षको वासलात महालेखा परीक्षकको कार्यालयमा अध्ययनको क्रममा छ । त्यहाँ लेखापरीक्षकहरुले अध्ययन सकेर बैंकमा फिर्ता पठाएपछि बैंकले प्रारम्भिक स्वीकृतिका लागि आफ्नो वासलात नेपाल राष्ट्रबैंकमा पठाउनेछ । राष्ट्रबैंकले कम्तीमा एकसाताभित्रमा अध्ययन सकी बेलैमा बैंकलाई वासलात पठाइदिए दशैंअघिसम्म लाभांश घोषणा गर्ने बैंक व्यवस्थापनको योजना छ । ‘सबै काम भनेजस्तो भयो भने दशैंअघिसम्म हामी लाभांश घोषणा गर्छौ ।’–बैंकका ती अधिकारीले भने ।

उनकाअनुसार योपटक सर्वसाधारण सेयरधनीले आशा गरेजस्तो बोनस सेयर पाउने सम्भावना निकै कम छ । किनभने सरकारको समेत लगानी रहेका कारण उसले यसपटक नगद लाभांशमा बढी जोड दिइरहेको छ । ‘तथापि सञ्चालक समितिमा के कुरामा सहमति हुन्छ, त्यहीअनुसार लाभांश आउने हो ।’–बैंकका ती अधिकारीले भने।

यस्तो छ लाभांश इतिहास ?
कृषि विकास बैंकले गत वर्ष पनि कुल १३ प्रतिशत लाभांश वितरण गरेकोमा २ प्रतिशत बोनस सेयर र करसहित ११ प्रतिशत नगद लाभांश थियो ।
कृषि विकास बैंकले सेयरधनीलाई २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ का लागि बैंकले १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा बैंकले लगानीकर्तालाई ६ प्रतिशत बोनस र ४२ प्रतिशत नगद (कर समेत) गरी कुल ३० प्रतिशत लाभासंह दिएको थियो ।

आर्थिक वर्ष २०७४/७५ मा ६ प्रतिशत बोनस र १५.०५३ प्रतिशत नगत लाभांश गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०७३/७४ मा २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल २१.०५३ प्रतिशत बाँडेको थियो ।

त्यसैगरी, २०७२/७३ मा २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल २१.०५ प्रतिशत बोनस वितरण गरेको बैंकले २०७१/७२ मा १५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७०/७१ मा बैंकले कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा ७ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) थिए ।

आर्थिक वर्ष २०७९/७० मा बैंकले ३१.५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका