जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मुक्तिनाथ बैंकले १६.७०% बोनस शेयर दिने

मुक्तिनाथ बैंकले १६.७०% बोनस शेयर दिने

सिभिल बैंक, लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकले घोषणा गरेको लाभांस आजसम्म शेयर खरिद गरेकाहरूले प्राप्त गर्न सक्ने छन्। तीनवटै बैंकले साधारणसभा प्रयोजनका लागि सोमबारदेखि ‘बुक क्लोज’ गर्ने भएका छन्।

सिभिल बैंकले पुस ६ गते नवौं वार्षिक साधारण सभा डाकेको छ। आजसम्म शेयर खरिद गर्नेले ६.५७ प्रतिशत नगद लाभांस प्राप्त गर्न सक्ने छन्।

त्यस्तै लक्ष्मी बैंकले १९ औं वार्षिक साधारणसभा पुस ६ गते नै डाकेको छ। लक्ष्मी बैंकको आजसम्म शेयर खरिद गर्नेले १५ प्रतिशत लाभांस प्राप्त गर्न सक्ने भएका छन्। शेयरधनीहरुले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस प्राप्त गर्ने छन्।

त्यस्तै मुक्तिनाथ विकास बैंकले मंसिर ३० गते १३ औ वार्षिक साधारणसभा डाकेको छ। बैंकले १७.६० प्रतिशत बोनस शेयरको घोषणा गरेको छ।
हाल दोस्रो बजारमा सिभिल बैंकको शेयर मूल्य १४० रूपैयाँ छ। लक्ष्मी बैंकको २१८ रूपैयाँ छ भने मुक्तिनाथ विकास बैंकको ३१४ रूपैयाँ छ ।

7695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका