जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एआईजी पोखरेल बिरुद्धको समाचार कपोकल्पित,आवश्यकता अनुसार कानुनी कारबाहीमा जाने

एआईजी पोखरेल बिरुद्धको समाचार कपोकल्पित,आवश्यकता अनुसार कानुनी कारबाहीमा जाने

नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलको कार्यक्षमताको चौतर्फी हाईहाई छ ।

कार्यक्षमता होस् या ब्यक्तीगत स्वभाव अत्यान्तै लोकप्रिय मानिन्छन् प्रहरी संगठनमा ।

एक कुशल सक्षम, सरल, मृदुभाषी र एक ईमानदार प्रहरी अधिकारीका रुपमा ब्यक्तीत्व बनाएका उनै एआईजी पोखरेल माथी केहि सन्चार माध्यम नियोजित प्रहारमा लागिरहेको खबर प्राप्त भएको छ ।

प्रहरी सेवामा राष्ट्र र जनताका लागि कसम खाएदेखि उच्च छवीमा कार्यक्षमता प्रस्तुत गरेका पोखरेल एक अनुशासित,इमान्दार र क्षमतावान प्रहरी अधिकारीमा परिचित नाम हो  ।

विगतमा उनले गरेका कार्यशैलीको अहिले सर्वत्र चर्चा,परिचर्चा,बहस र मुल्याङ्कन भइरहेको छ र सरकार र प्रहरी संगठनले पनि उत्तिकै उच्च  मुल्याङ्कन गरिरहेको अबस्था हो ।

संगठनको कार्य र अपराध अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी कुशलतापुर्वक,अहोरात्र खटिएर समालिरहेका उनलाई तत्थ्यहिन समाचार प्रकाशित गर्दै हिलो छ्याप्ने काम भएकोमा त्यस्ता समाचार माध्यमको भित्रभित्रै बिरोध चर्किएको छ ।

केही दिन अघि केहि सन्चार माध्यमले मनगणन्ते समाचार शिर्षक राखेर समाचार सम्प्रेषण गरेको पाइएपछि नियत उदांगिएको हो ।

सत्ता पक्षमात्र नभई विपक्षी दल र सरकारी तह,सन्चार माध्यम,नागरिक समाज ,मानव अधिकारकर्मी लगायतबाटै उच्च सम्मानका साथ हेरिएका पोखरेललाई गरिएको नियोजित प्रहारको चौतर्फी बिरोध समेत भइरहेको छ ।

एआईजी पोखरेल भन्छन्,सत्य,तथ्य समाचारले हामीलाई पनि असहज पार्छ तर कपोकल्पित,भ्रामक,तथ्यहिनले स्वयम पत्रकारलाईनै लज्जाबोध हुनु पर्ने हो ।

समाचार लेख्दा सत्य र तथ्यको आधारमा लेख्न आग्रह गर्दै आम सञ्चार मिडिया कर्मीहरुलाई गलत समाचार, भ्रामक समाचार नलेख्न मेरो अनुरोध समेत छ,उनले भने ।

नेपाल प्रहरीको ईतिहासमा जवान देखि हाकिम सम्मको एउटै मेस बनाएर असमानता हटाउने होस् या प्रहरी भित्रको अपमानजनक ब्यावहार हटाउन होस् उनको खटान निरन्तर छ ।

विगत देखी पोखरेलले जहाँ जहाँ नेतृत्व गरे त्यहाँ त्यहाँ धेरै गुणात्कम कामहरु भएकाछन् । हाईहाई पाएकाछन् । प्रशंसानै बटुलेकाछन् ।

भावी आईजीपीका रुपमा चिनिएका पोखरेललाई बद्नाम गर्ने तवरबाट खटिनेहरुको पहिचान भइसकेकाले आवश्यकता अनुसार कानुनी कारबाहीमा जाने आफ्नो तयारी रहेको उनले बताए ।

3405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका