जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रधानमन्त्री पुत्रलाई पोस्न प्याड आयातमा कर छुट दिलाएर रातभरी ‘ककटेल पार्टी’ गरेको पुष्टि

प्रधानमन्त्री पुत्रलाई पोस्न प्याड आयातमा कर छुट दिलाएर रातभरी ‘ककटेल पार्टी’ गरेको पुष्टि

प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई अर्बौ रुपैयाँ फाइदा हुने गरी जनार्दन शर्माले बजेटमार्फत सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिएको र त्यसैको खुशीयालीमा जयवीरले जनार्दन शर्मालाई राज्यमन्त्री उमेश श्रेष्ठको सानेपास्थित घरमा लगेर बजेट भाषणको भोलीपल्ट जेठ १६ गते राती ‘रात्री भोज’ गराएको उल्लेख थियो ।

विश्वस्त स्रोत र प्रमाणसहित लेखेको उक्त समाचारमा जयवीरसिंह देउवा प्याड आयात गर्ने मुख्य एजेण्ट भएको उल्लेख गरेको थियो । यो समाचारलाई थप प्रमाणित गर्ने गरी देउवा र आरजु राणा देउवाका पुत्र जयवीरको कम्पनीको कागजात नै सार्वजनिक भएको छ । जयवीरले आफ्नो कम्पनी ब्लुप्रिन्ट ट्रेडिङमार्फत सेनेटरी प्याडको आयात गर्ने गरेको प्रमाणित भएको छ ।

सुरुमा यो कम्पनीमा जयवीर एक्लैको शतप्रतिशत शेयर थियो । पछि चितवनका हेमन्त बजगाईले ३० प्रतिशत शेयर किनेको पाईएको छ ।

स्रोतका अनुसार बजेटमार्फत ९० प्रतिशत भन्सार छुट पाएपछि जयवीरले ४० कन्टेनर सेनेटरी प्याड चीनबाट अर्डर गरिसकेका छन् ।

नेपालमा रहेका करिब ४० वटा सेनेटरी प्याड उद्योगले वार्षिक ९० करोड पिस प्याड उत्पादन गर्ने क्षमता राख्छन् । हाल खपत वार्षिक ३० करोड पिस मात्रै छ ।

तर, जनार्दन शर्माले प्रधानमन्त्री पुत्रलाई लाभ दिलाएर आफू ‘देउवाको विश्वास पात्र’ बन्न सेनिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिने नीति लिए । जसले गर्दा ६ अर्ब रुपैयाँ लगानी भएका नेपालका सेनेटरी प्याड उद्योगहरुमा रुवाबासी छाएको छ ।

2285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका