जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अब काठमाडौं उपत्यकामा ६ वटामात्रै बैंक शाखा खोल्न पाइने

अब काठमाडौं उपत्यकामा ६ वटामात्रै बैंक शाखा खोल्न पाइने

नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा ६ वटाभन्दा बढी शाखा खोल्न नपाइने व्यवस्था गरेको छ । सोमबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । कोभीड १९ को संक्रमण जोखिम घटाउन यस्तो निर्देशन दिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

नयाँ निर्देशन बमोजिम बाणिज्य बैंकले काठमाडौं जिल्लामा ३ वटा, ललितपुर जिल्लामा २ वटा र भक्तपुर जिल्लामा १ वटामात्रै शाखा खोल्न पाउने छन् । विकास बैंकले काठमाडौंमा २ वटा र अरु जिल्लामा १-१ वटामात्रै शाखा खोल्न पाउने छन् ।

फाइनान्स कम्पनीले भने सबै तीनवटै जिल्लामा १-१ वटामात्रै शाखा खोल्न पाउने व्यवस्था गरेको छ । तर यसरी शाखा खोल्दा हरेक दिन एकै शाखा खोल्न भने पाइँदैन । आलोपालोमा शाखा खोल्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

4825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका