सिभिल बैंक पनि मर्जरमा जाने भएको छ । मर्जरमा जानका लागि आगामी पुस ६ गते हुने नवौं वार्षिक साधारणसभामा विशेष प्रस्ताव पेश हुने भएको छ ।
सिभिलले मर्जर, प्राप्ति र स्वदेशी तथा विदेशी साझेदारमा जानका लागि आवश्यक सहमति र समझौता गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अधिकार दिने प्रस्ताव सभामा पेश हुन लागेको बैंकले जनाएको छ ।
सिभिल र प्रभु बैंकबीच मर्जरमा जाने विषयमा पनि छलफल भइरहेको छ । यस्तै अन्य बैंकसंग पनि छलफल भइरहेको सिभिले जानकारी दिएको छ ।
सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६.७५ प्रतिशतका दरले हुन आउने ५२ करोड ५८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।