जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नेशनल लाइफद्वारा बझाङको बाल विकास विद्यालयको पुस्तकालय पुनर्निर्माणमा आर्थिक सहयोग

नेशनल लाइफद्वारा बझाङको बाल विकास विद्यालयको पुस्तकालय पुनर्निर्माणमा आर्थिक सहयोग

नेशनल लाइफ इन्स्योरेन्सले गत असोज १६ गते गएको भूकम्पबाट क्षतिग्रस्त बझाङको जयपृथ्वी नगरपालिकामा रहेको बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

विद्यालयको प्रांगणमा सम्पन्न एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

सहयोग हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन्। उक्त सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई केही हदसम्म भएपनि राहत मिल्ने धारणा व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक केशरबहादुर खातीले शिक्षाका लागि कम्पनीले विद्यालयलाई गरेको आर्थिक सहयोगबाट पुस्तकालाय पुनर्निर्माण गरिने जानकारी दिए। उनले आर्थिक सहयोग प्रदान गरेकोमा कम्पनीलाई विद्यालयको तर्फबाट धन्यवाद दिएका छन्।

935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका