जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • ५० प्रतिशत कर्मचारीबाट बैंक, वित्तीय सं चालन गर्नुपर्ने ?

५० प्रतिशत कर्मचारीबाट बैंक, वित्तीय सं चालन गर्नुपर्ने ?

सरकारले बैंक वित्तीय संस्था, गैरसरकारी तथा निजीक्षेत्रका कार्यालयहरुका साथै अन्य सरकारी कार्यालयहरुलाई ५० प्रतिशतसम्म कर्मचारी राखेर संचालन गर्न निर्देशन दिएको छ ।
बुधबार बसको मन्त्रिपरिषद बैठकले तीन चरणको मोडालिटीमा लकडाउन खुला गर्ने निर्णय गरेको हो । जसमा पहिलो चरणमा बैंक तथा वित्तीय संस्थाहरु लगायत २१ सेवा तथा कामहरु संचालन गर्न पाइनेछ ।
सरकारले सार्वजनिक गरको लकडाउन खुला गर्ने तीन चरणको नीति अनुसार अवस्था सामान्य बन्दै गएमा बैंक तथा वित्तीय संस्था एंवम बीमा कम्पनीहरु साउनको पहिलो साताबाट मात्र शतप्रतिशत कर्मचारी राखेर संचालनमा आउने भएका छन् ।
सरकारले लकडाउन खुकुलो बनाउने पहिलो चरणको रणनीति २१ दिनको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले ५० प्रतिशत कर्मचारी राखेर सेवा प्रवाह गर्नुपर्नेछ ।
२१ दिनपछि दोस्रो चरणको लकडाउन खुला हुनेछ । जससमा बैंक तथा वित्तीय संस्थाहरुले ७५ प्रतिशतसम्म कर्मचारी राखेर सेवा संचालन गर्नुपर्ने छ भने दोश्रो चरणको १५ दिन स्थिति सहज भएमा तेश्रो चरणमा लकडाउन खुला गरिनेछ ।

11025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका