प्राइम लाइफ इन्स्योरेन्सले प्रदेश नं. ५ बुटवलअन्तर्गत तीन सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ ।
कम्पनीले दाङको भालुबाङ, रुपन्देहीको रामापुर र नवलपरासीको बर्दघाट तीन वटै कार्यालय सञ्चालनमा ल्याएको हो । ती कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले गरेका थिए ।