जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नवीलले ल्यायो तीज अफर: खाता खोल्दा महिलालाई बग्रेल्ती छुट र सुविधा

नवीलले ल्यायो तीज अफर: खाता खोल्दा महिलालाई बग्रेल्ती छुट र सुविधा

नवील बैंक लिमीटेडले नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।

महिला ग्राहकहरुलाई लक्षित गरी बैंकले विभिन्न सेवाहरुमा छुटसहित खाता खोल्ने विशेष अफर सार्वजनिक गरेको हो ।

बैंककाअनुसार ‘नवील प्रिमियम नारी बचत खाता’ खोल्दा महिला ग्राहकले पहिलो वर्ष बैंकका विभिन्न सेवामा छुट पाउनेछन् । यस्तो खातामा पहिलो वर्ष डेबिट र क्रेडिट कार्ड तथा मोवाइल बैंकिङको सेवा निःशुल्क पाइनेछ । यस्तै, पहिलो वर्षका लागि लकर सेवा समेत पूर्ण रुपमा निःशुल्क गरिएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।

यो अफर सीमित अवधिका लागि मात्र हो । असोज १५ गतेसम्म नवील प्रिमियम नारी बचत खाता खोल्ने महिला ग्राहकले माथि उल्लिखित छुट र सुविधाको अफर पाउने बताइएको छ ।

नवील नेपालको निजी क्षेत्रको एक अग्रणी बैंक हो । यसले १८ लाखभन्दा बढी सेवाग्राहकीलाई देशभरका २६५ शाखा तथा २९८ एटीएम मसिनहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

1435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका