जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • विवादकै कारण पार्टी कमजोर

विवादकै कारण पार्टी कमजोर

कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक विवादका कारण पार्टी कमजोर भएको बताएकी छन् । प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेतृ कोइरालाले विवाद यथावत रहे आगामी निर्वाचनमा कांग्रेस शून्य हुने बताइन् ।

सभापति शेर बहादुर देउवाको कारण पार्टी कमजोर बनेको आरोप नेतृ कोइरालाले बताइन् । कार्यक्रममा बोल्दै उनले पार्टीले व्यक्तिभन्दा संस्थाकेन्द्रित कार्य गर्नु पर्ने जिकिर गरिन । पार्टीभित्रको विवाद तत्काल अन्त्य गरी संगठन निर्माणतर्फ लाग्नु पर्ने कोइरालाले बताइन्। पार्टीको १४ औं महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नेगरी सभापतिले गर्न सक्नु पर्ने कोइरालाको भनाइ छ।

कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताइन्। गिरिजाप्रसाद कोइरालापुत्री सुजाताले महामन्त्री शशाङ्क, केन्द्रीय सदस्य शेखर र आफूबीच कुनै विवाद नभएको बताइन्।

11320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?