उपसभामुख शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी छन्। सोमबार दिउँसो प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् ।
सभामुख चयनका लागि आफूले मार्गप्रशस्त गर्ने बताउँदै उनले राजीनामा दिएको स्पष्ट पारिन् । उनले आफ्नो दुई वर्षको कार्यकाल अविस्मरणीय रहेको पनि जनाईन् ।