जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

सनराइज बैंकले सिर्जना फाइनान्स लिमीटेडलाई प्राप्ति(अक्वायर) गर्ने भएको छ ।

बैंक र सिर्जना फाइनान्सबीच गाभ्ने/गाभिने विषयमा बुधबार सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको हो ।

सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल गरी समितिले सिफारिश गरेको प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारणसभाबाट स्वीकृति भए बमोजिम सिर्जना फाइनान्स लिमिटेडका विद्यमान शेयरधनीहरुलाई निजहरुले धारण गरेको शेयरबापत स्वीकृत अनुपात अनुसार सनराइज बैंक लिमिटेडको शेयर दिइने बताइएको छ ।

सनराइज बैंक लिमीटेड नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त गरी देशभर १३० बटा शाखा तथा ८ वटा एक्स्टेन्सन काउन्टर भएको बैंक हो भने सिर्जना फाइनान्स लिमिटेड बिराटनगरमा प्रधान कार्यालय रही मोरङ्ग, सुनसरी र सप्तरी गरी ३ जिल्लामा कार्यक्षेत्र रहेको २१ वटा शाखा भएको फाइनान्स कंम्पनी हो ।

गत पौष मसान्तको प्रकाशित वित्तीय विवरण अनुसार सनराइज बैंक लिमिटेडको कूल निक्ष्ोप करिब रु. ८५ अर्ब, कर्जा लगानी करिब रु.७८ अर्ब रहेकोमा सोही अवधिमा सिर्जना फाइनान्स लिमिटेडको निक्षेप तथा कर्जा क्रमशः करिब ७ अर्ब ३१ करोड र करिब ६ अर्ब ३१ करोड रहेको समावेश गर्दा बैंकको निक्ष्ोप करिब ९२ अर्ब ३१ करोड र कर्जा ८४ अर्ब ३१ करोड पुग्नेछ ।

प्राप्ति पश्चात बैंकको पँहुच तथा व्यवसाय क्षमतामा व्यापक बढोत्तरी हुने दाबी गरिएको छ ।

10330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका