जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि बैंकले ८.४९% ब्याजमै गाडी ऋण दिने, २४ घण्टमै ऋण स्वीकृति, ५ वर्ष ब्याज नबढ्ने

एनएमबि बैंकले ८.४९% ब्याजमै गाडी ऋण दिने, २४ घण्टमै ऋण स्वीकृति, ५ वर्ष ब्याज नबढ्ने

नयाँ आर्थिक वर्ष लागेसँगै एनएमबि बैंकले गाडी कर्जामा नयाँ स्किम ल्याएको छ।

बैंकले ब्याज दर सस्तो र स्थिर भएको ऋण स्किम ल्याएको हो। ऋण कागजपत्र बुझाएको २४ घण्टामै ऋण स्वीकृत हुने छ।

बैंकका अनुसार ऋणको ब्याज दर वार्षिक ८.४९ प्रतिशत हुने छ। निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ। असारको आधार दर ७.३३ प्रतिशत छ। ग्राहकको आफ्नै गाडी चढने सपनालाई सस्तो ब्याजले सहयोग पुर्‍याउने बैंकले जनाएको छ।

बैंकका देशभर १८१ शाखा छन्। जुनसुकै शाखाबाट पनि ऋण उपलब्ध हुने छ।

10645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका