कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले लागू गरेको लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका १० जना चितवनबाट प्रहरीले पक्राउ गरेको छ ।
ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।