जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • मर्जरपछि प्रभुको ऋण दिने क्षमता बढ्यो

मर्जरपछि प्रभुको ऋण दिने क्षमता बढ्यो

प्रतिनिधि सभा सदस्य एवं प्रभु बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनले कर्मचारीलाई मिलेर काम गर्न आग्रह गरेका छन्।

सेञ्चुरी कमर्सियल बैंकलाई गाभेर मंगलबारदेखि एकीकृत कारोबार थालेको उपलक्ष्यमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टचनले मर्जरपछि छुट्टिने छुट कसैलाई नहुने बताए।

उनले सबैलाई मिलाएर लैजान प्रमुख कार्यकारीलाई आग्रह गरे। बैंकमा ३ हजार ५ सय ३८ कर्मचारी छन्। सबै मिलेर काम गरे कर्मचारीको बोनस बढ्ने उनको भनाइ थियो।

उनले ऋणीलाई सहयोग गर्न समेत आग्रह गरे। ठूला ऋणीलाई एकल ग्राहकसीमा अन्तर्गत ७ अर्ब ऋण दिने क्षमता वृद्धि भएको उनले बताए।

प्रभु बैंकले बिग्रिएको संस्थाहरूलाई खरिद गरेर अगाडि बढेको सम्झिदै उनले आगामी दिनमा अझ राम्रो सेवा दिने प्रतिबद्धता जनाए।

कार्यक्रममा प्रभु बैंकका सीइओ अशोक शेरचनले गुनासो नआउने गरी सेवा दिने बताए।

4370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका