जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्राइम बैंकको मुनाफा तीन अर्ब ६२ करोड

प्राइम बैंकको मुनाफा तीन अर्ब ६२ करोड

प्राइम कमर्सियल बैंकको मुनाफा ११ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब ६२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा तीन अर्ब २६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । मुनाफाका आधारमा प्रतिशेयर आम्दानी १९ रुपैयाँ छ । वितरण योग्य मुनाफलाई हेर्ने हो भने बैंक सँग लाभांश दिन सक्ने क्षमता १२ प्रतिशत मात्रै छ ।

समिक्षा अवधिमा बैंकले खुद व्याज आम्दानी १३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा बैंकले ६ अर्ब ७९ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकले एक खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पूँजी १८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ५० करोड रुपैयाँ छ । पूँजी कोष १३.३३ प्रतिशत रहेको बैंकको खराव कर्जा बढेर १.४० प्रतिशत पुगेको छ । सिडी रेसियो ८७.२० प्रतिशत छ ।

2580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?