जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कोरोना संक्रमित १३ जना राजधानीका ३ अस्पतालको आईसोलेसनमा

कोरोना संक्रमित १३ जना राजधानीका ३ अस्पतालको आईसोलेसनमा

कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरुलाई टेकु अस्पतालको आईसोलेनसमा राखेर उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना संक्रमण पुष्टि भएका दुई जनाको अवस्था सामान्य रहेको र उनीहरु टेकु अस्पतालको आइसोलेनमा रहेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले अहिलेसम्म ८०२ जनाको कोरोना परीक्षण भएकोमा तीन जनामा मात्रै पोजेटिभ देखिएको बताए । त्यसमा पनि एक जना निको भएर घर फर्किसकेको देवकोटाले बताए ।

यस्तै देवकोटाका अनुसार टेकु अस्पतालमा रहेका दुई संक्रमितबाहेक राजधानीका तीन अस्पतालमा १३ जनालाई आइसोलेसनमा राखिएको छ । जसमध्ये टेकु अस्पतालमा ४ जना पाटन अस्पतालमा ६ जना र कान्तिबाल अस्पतालको आइसोलेनमा ३ जना रहेका छन् ।

यसैगरी राजधानीका बाहिरका संघ र केन्द्र मातहका अस्पतालका आइसोलेनमा पनि केही व्यक्ति रहेको जानकारीमा आएपनि एकिन तथ्यांक आउने क्रममा रहेको देवकोटाले जानकारी दिए ।

मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा वितेको २४ घण्टामा ६ हजार २०० भन्दा बढी कल आएको छ । जसमा कोरोनाको उपचारसँग सम्बन्धित विभिन्न जिज्ञासाका साथै विभिन्न स्थानीय तहमा विदेशबाट आउने मानिसहरु सेल्फ क्वारेन्टाइनमा नबसेको भन्नेलगायत रहेका छन् ।

यस्तै केहीलाई सामान्य खोकी लागेकाले कोरोनाको टेस्ट गराउनु पर्ने कि नपर्ने भन्नेजस्ता जिज्ञासा पनि आएका छन् । मन्त्रालयले स्वासप्रश्वासको समस्याका साथै ज्वरो देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थानमा जान सुझाएको छ ।

यसैबीच आजदेखि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोनाको परीक्षण हुन लागेको पनि मन्त्रालयले जनाएको छ ।  यस्तै पश्चिमका अन्य अस्पतालमा पनि पहल भइरहेको देवकोटाले बताए ।

देवकोटाले चिकित्सको स्वास्थ्य सुरक्षामा आफूहरु गम्भीर रहेको भन्दै अहिले भएको स्टक पीपीईले काम चलाइएको र  सोमबारसम्म  थप पीपीईलगायतका आवश्यक सामग्रीहरु नेपाल आइसक्ने पनि विश्वास व्यक्त गरे ।

5020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?