
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफनो एजेन्सी म्यानेजरहरूको कोरोना बीमा गरेको छ । कम्पनीले उनीहरूलाई रू. १ लाखको बीमालेख प्रदान गरेको बताइएको छ । सिटिजन लाइफले शिखर इन्स्योरेन्स कम्पनीबाट सामूहिक बीमालेख खरीद गरी उपलब्ध गराएको हो ।
बीमा समितिको निर्देशनबमोजिम कम्पनीले आफना सबै कर्मचारीलाई यसअघि नै ‘कोरोना भाइरस (कोभिड–१९) नयाँ बीमालेख’ उपलब्ध गराइसकेको छ । कोरोनासम्बन्धी पीसीआर परीक्षण पोजेटिभ देखिने बित्तिकै बीमांक रकम भुक्तानी लिन पाइनेछ । यो बीमालेखले बीमितलाई १ वर्षसम्म सुरक्षा प्रदान गर्ने कम्पनीको भनाई छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































