जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकका ग्राहकले रुपन्देही सीटी डायग्नोसिस् सेन्टरमा छुट पाउने

कामना सेवा विकास बैंकका ग्राहकले रुपन्देही सीटी डायग्नोसिस् सेन्टरमा छुट पाउने

कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित रुपन्देही सीटी एण्ड डायग्नोसिस् सेन्टर प्रालिसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत बैंकका ग्राहकहरुले उक्त डायग्नोसिस सेन्टरले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त डायग्नोसिस सेन्टरमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?