जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • साबेल र डोजर लगेर प्वाल पार्न मिल्दैन, सुरुङमार्ग निर्माण भए काठमाडौंमा घर बनाइरहन पर्दैन’

साबेल र डोजर लगेर प्वाल पार्न मिल्दैन, सुरुङमार्ग निर्माण भए काठमाडौंमा घर बनाइरहन पर्दैन’

अर्थमन्त्री डा प्रकाशशरण महतले टोखा छहरे सुरङमार्गको भौगर्भिक अध्ययन सकिएलगत्तै निर्माण कार्य सुरु हुने बताएका छन्।

पञ्चकन्या गाउँपालिकाको कविलास स्वास्थ्य चौकी उद्घाटनका क्रममा मन्त्री महतले सुरुङमार्ग निर्माणले नुवाकोटलाई काठमाडौंसँग छिटो मार्गमा जोड्ने बताए। महतले भने, ‘चार महिनामा अध्ययन सम्पन्न गराउने हामीले अठोट लिएका छौं। त्यसपछि चीन सरकारले थप विकल्प दिनेछ । त्यसपछि सुरुङ मार्गको प्रक्रिया अगाडि बढ्छ।’

सुरुङमार्ग निर्माण जटिल कार्य भएकाले समय लिने पनि उनको भनाई छ। सरकारले चालु वर्षमा एक अर्ब बजेट विनियोजन गरेको पनि महतले बताए। अध्ययनका लागि चीन सरकारसँग आग्रह गरेको र चार महिनामा काम सक्ने लक्ष्य राखिएको मन्त्री महतले बताए।

उनले भने, ‘यहाँकै प्रकाश महत अर्थमन्त्री हुनुभयो, बजेट पनि राख्नुभयो, सुरुङ खन्न थालेको होइन भन्ने तपाईंहरुलाई लाग्न सक्छ। साबेल र डोजर लगेर प्वाल पार्न मिल्दैन’, उहाँले भन्नुभयो, ‘त्यसका लागि भौगर्भिक अध्ययन चाहिन्छ। यसका लागि हामीले चिनियाँ सरकारसँग अनुरोध गरेका छौं। उहाँहरूले प्रारम्भिक अध्ययन गर्नुहुने छ। उहाँहरूले सम्भावित दुई तीन वटा विकल्प दिनुहुने छ।’

सुरुङमार्ग निर्माण भएमा नुवाकोटका नागरिकले काठमाडौंमा घर बनाइराख्न आवश्यक नरहेको पनि महतको भनाई छ। महतले भने, ‘एकले अर्कोलाई देखाउने हाम्रो प्रशासन संयन्त्र यही, तर म यसमा लागिरहेको छु’ उनले भने, ‘सुरुङमार्ग निर्माण सम्पन्न भयो भने काठमाडौंमा घर बनाइराख्नु पर्दैन। एक घण्टाको बाटो १० मिनेटमा पुगिन्छ। काठमाडौंमा काम गरेर नुवाकोट घर फर्किन सकिन्छ। यसले बसाइसराइ रोक्छ।’

1090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका