जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • पल्सर स्पोर्टस् अवार्डमा जोडियो युनाइटेड अजोड, विजेताको ७ लाख बराबरको खेलकुद बीमा गर्ने

पल्सर स्पोर्टस् अवार्डमा जोडियो युनाइटेड अजोड, विजेताको ७ लाख बराबरको खेलकुद बीमा गर्ने

युनाइटेड अजोड इन्स्योरेन्सले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड विजेताहरुको ७ लाख रुपैयाँ बराबरको खेलकुद बीमा गर्ने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा अवार्ड यही माघ २८ गते प्रदान गरिंदैछ।

एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड बाहेक आठ विधाका विजेताको युनाइटेड अजोडले एक वर्षको बीमा गर्ने भएको हो। यस सम्बन्धमा मञ्च र इन्स्योरेन्सबीच मंगलबार सम्झौता भएको छ। सम्झौतामा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले हस्ताक्षर गरे।

युनाइटेड अजोड पल्सर स्पोर्टस अवार्डमा यस वर्ष इन्स्योरेन्स पार्टनरका रुपमा आवद्ध भएको छ।

सम्झौतापछि सीइओ रावलले नेपालमा भर्खरै सुरु भएको खेलकुद बीमा पोलिसीलाई संस्थागत गर्न यो सहकार्यले सहयोग पुग्ने विश्वास लिएको बताए।

पल्सर स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गर्न बाँकी छ। त्यस बाहेक पारा एथ्लिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट विधामा पुरस्कृत हुनेको नाम माघ २८ गते नै घोषणा गरिनेछ।

अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ। यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल हुन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने मञ्चले जनाएको छ।

2805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्