जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • लाभांश पारित गर्ने प्रस्तावसहित एनएमबि बैंकले बोलायो साधारणसभा

लाभांश पारित गर्ने प्रस्तावसहित एनएमबि बैंकले बोलायो साधारणसभा

लाभाशं पारित गर्ने प्रमुख पस्तावसहित एनएमबि बैंकले पुस २५ गतेका लागि साधारणसभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि प्रस्ताव गरेको ८.२५ प्रतिशत लाभांश पारितसँगै अन्य प्रस्तावसहित साधारणसभा बोलाएको हो ।

सभामा बैंकले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात र गत आर्थिक वर्षको नाफा-नोक्सान हिसाबकिताब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, बैंकको नियमावलीको नियम ३२ को उपनियम १ को ख (१)मा संसोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्ड विशेष प्रस्तावका रुपमा सभामा पेश गरिने बैंकले जनाएको छ ।

एनएमबिले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले पुस १० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

1815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका