जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सिभिल बैंकको वितरणयोग्य नाफा १९ करोड ऋणात्मक, ईपिएस ६ रुपैयाँ

सिभिल बैंकको वितरणयोग्य नाफा १९ करोड ऋणात्मक, ईपिएस ६ रुपैयाँ

सिभिल बैंक (CBL) ले आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमाससम्ममा ३६ करोड ५ लाख खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आवको यसै अवधिको तुलनामा २७ प्रतिशत कम हो।

बैंकले अघिल्लो चैतमा ४९ करोड ३८ लाख नाफा कमाएको थियो । खराब कर्जा घटाएपनि कर्मचारी खर्च तथा संचालन खर्च बढेपछि नाफा प्रभावित भएको हो। लकडाउनको कारण बैंकको तेस्रो त्रैमासिक अवधिको कमाई प्रभावित भएको देखिन्छ। शाखा विस्तारले पनि खर्चै बढेको छ।

बैंकको वितरण योग्य नाफा १९ करोड ऋणात्मक भएको छ । बैंकको खुद नाफा घटेपनि निक्षेप, कर्जा, खुद ब्याज आम्दानी तथा संचालन नाफा लगायतमा भने सुधार देखिएको छ ।

बैंकको खराब कर्जा अनुपात २.९६ प्रतिशत छ । अघिल्लो चैतसम्म ३.९० प्रतिशत थियो । बैंकले समीक्षा अवधिसम्ममा ४९ अर्ब निक्षेप संकलन गरी ५१ अर्ब कर्जा प्रवाह गरेको छ । अघिल्लो चैतको तुलनामा निक्षेप कर्जामा सुधार आएपनि गत पुसको भन्दा घटेको छ। यस अवधिसम्ममा बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ६४ पैसा छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात २२.९८ प्रतिशत, कोषको लागत ८.१५, आधारदर १०.९२ र स्प्रेडदर ४.०९ प्रतिशत छ ।

13405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका