जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जीवन बीमा ८३ प्रतिशत जनता बाहिरः बीमा प्राधिकरण बेखबर !

जीवन बीमा ८३ प्रतिशत जनता बाहिरः बीमा प्राधिकरण बेखबर !

नेपालका जीवन बीमा कम्पनीहरुका शाखा सञ्जाल बढेपनि जीवन बीमाको दायरा दिनप्रतिदिन घटेको छ । भन्दा अब फरक पर्दैन । बीमा कम्पनीको सञ्जाल बढेपनि दायरा भने घट्दै गएको तथ्यांकले देखाएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष ७ महिनामा (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक) १७.१२ प्रतिशत जनसंख्या मात्र बीमाको दायरामा छ ।यो पोहोर ७ महिनाको तुलनामा ०.७८ प्रतिशतले कम हो । पोहोर माघसम्म १७.९० प्रतिशत जनसंख्या बीमाको दायरामा थियो । भन्दा फरक पर्दैन । बीमा प्राधिकरणका अध्यक्षज्यू हेक्का होस् ।

म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालाई समेत हेर्ने हो भने पछिल्लो एक वर्षमा जीवन बीमाको दायरामा रहेको जनसंख्या ३६.७२ प्रतिशत छ । यो पोहोर ७ महिनाको तुलनामा ३.५१ प्रतिशतले कम हो । पोहोर ७ महिनामा यस्तो बीमाको दायरामा रहेको जनसंख्या प्रतिशत ४०.२३ प्रतिशत थियो । बीमा कम्पनीको सञ्जाल बढे पनि दायरा भने संकुचित हुँदै गएको हो । प्राधिकरणले मर्जर तथा प्राप्तिको नीति लिनुअघि जीवन बीमा कम्पनीको संख्या १९ थियो । भन्दा फरक पर्दैन ।

अहिले ठूला जीवन बीमकको संख्या १४ मा झरेको छ । कम्पनीको संख्या घटेपनि शाखा सञ्जाल फैलिएको देखिन्छ । हेक्का होस् । यो बीचमा तीनवटा लघु जीवन बीमा कम्पनी थपिएका छन् ।

पछिल्लो दुई वर्षमा मर्जर तथा प्राप्तिमा गएर ५ वटा जीवन बीमा कम्पनीको अस्तित्व मेटिएको छ । अहिले ठूला जीवन बीमकको संख्या १४ मा झरेको छ । कम्पनीको संख्या घटेपनि शाखा सञ्जाल फैलिएको देखिन्छ । हेक्का होस् ।
यो बीचमा तीनवटा लघु जीवन बीमा कम्पनी थपिएका छन् । तर, कम्पनीहरुले नयाँ व्यवसाय भने बढाउन सकेका छैनन् । सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रममार्फत बीमाको पहुँच विस्तारको घोषणा गर्दै आएको छ । तर, व्यवहारमा भने बीमाको दायरा नै घट्न पुगेको देखिन्छ । सचेत भया ।

850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?