जोडिनुहोस
मङ्लबार, मंसिर १३, २०७९
मङ्लबार, मंसिर १३, २०७९
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब भन्दाबढि बीमा शुल्क संकलन

निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब भन्दाबढि बीमा शुल्क संकलन

चालु आर्थिक वर्षको भदौ महिनामा १९ वटा निर्जीवन बीमा कम्पनीले ३ अर्ब रुपैयाँ भन्दा बढि बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार यस अवधिमा कम्पनीहरुले ३ अर्ब ३९ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुले भदौ महिनामा २ लाख २३ हजार ७२७ बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो महिनाको तुलनामा बीमा कम्पनीहरुको बीमा कुल बीमा शुल्क २४.०५ प्रतिशतले घटेको छ ।

साउन महिनामा कम्पनीहरुले ४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । यससँगै कम्पनीहरुले भदौ महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

भदौमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन राष्ट्रिय बीमा कम्पनीले गरेको छ । यो कम्पनीले यस अवधिमा ३६ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी सर्वाधिक कुल बीमाशुल्क आर्जन गर्ने दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले भदौमा ३१ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी यस अवधिमा नेको इन्स्योेरेन्स कम्पनीले २६ करोड ८६ लाख रुपैयाँ, सगरमाथा इन्स्योरेन्स कम्पनीले २६ करोड ११ लाख रुपैयाँ, सिद्धार्थ इस्योरेन्सले २३ करोड ५७ लाख रुपैयाँ र हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीले २३ करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

समितिका अनुसार नेपाल इस्योरेन्स कम्पनीले १४ करोड ८८ लाख रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सले ११ करोड ८५ लाख, नेशनल इन्स्यारेन्सको ८ करोड ५० लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको ९ करोड ७२ लाख, प्रिमियर इन्स्योरेन्सको १९ करोड ८८ लाख, प्रभु इन्स्योरेन्सको १९ करोड ५१ लाख, आईएमई जनरल इन्स्यारेन्सको १२ करोड ५० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको ११ करोड ७८ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको १३ करोड ३७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको २० करोड २१ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सको १५ करोड १६ लाख, सानिमा जनरल इन्स्योरेन्सको ८ करोड २५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै सबैभन्दा कम कुल बीमाशुल्क आर्जन जनरल इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले भदौमा ६ करोड ६३ लाख रुपैयाँ मात्र कुल बीमाशुल्क आर्जन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका