जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • १० महिनापछि अर्थमन्त्रालय फर्किए शिशिर ढुंगाना

१० महिनापछि अर्थमन्त्रालय फर्किए शिशिर ढुंगाना

१० महिनापछि शिशिर ढुंगाना अर्थमन्त्रालय फर्किएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री कार्यालयबाट ढुंगानालाई राजस्व सचिवमा सरुवा गरिएको हो।

अर्थमन्त्रालयमा रहेर धेरै समय काम गरेका ढुंगाना राजस्व प्रशासनमा दख्खल राख्छन्। लालशंकर घिमिरेले असोज १० गते अवकाश पाएपछि राजस्व सचिव खाली थियो। राजस्व असुलीको खाड्ल बढ्दो क्रममा छ। राजस्व बढाउने दायित्व समेत राजस्व सचिवकै हुन्छ। निजी क्षेत्र र कर्मचारीबीच तालमेल मिलाएर राजस्व असुली बढाउन विगतमा ढुंगाना सफल भएका थिए।

असोज मसान्तसम्म २ खर्ब ५२ अर्ब रुपैयाँ राजस्व असुलीको लक्ष्य राखिएकोमा झण्डै दुई खर्ब मात्रै संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हुँदा पनि उनले डुइङ विजनेश इन्डेक्स सुधारका लागि पनि काम गरेका थिए।

उनले विभिन्न मिसनसँग छलफलदेखि इन्सिच्यूसनल सुधारका लागि समेत काम गरेका थिए। त्यही सुधारको कामले समेत विश्व बैंकले सार्वजनिक गरेको डुइङ विजनेश इन्डेक्स सूचीमा गत वर्ष भन्दा १६ स्थान सुधार गर्दै ९४ स्थानमा उक्लिन सफल भएको थियो ।

9085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?