जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कोभिड-१९ का कारण नियामकहरु नियमनभन्दा पनि सहजकर्ताका रूपमा उभिने बेला आएको छ

आर्थिक विशेष

कोभिड-१९ का कारण नियामकहरु नियमनभन्दा पनि सहजकर्ताका रूपमा उभिने बेला आएको छ

महाप्रसाद अधिकारी , गभर्नर , नेपाल राष्ट्र बैंक

कोभिड-१९ का कारण नियामकहरु नियमनभन्दा पनि सहजकर्ताका रूपमा उभिने बेला आएको छ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले सबै क्षेत्रको आत्मविश्वास घटिरहेका बेला नियामकहरुले आत्मबल दिनु पर्ने अवस्था रहेको बताए। नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सव कार्यक्रमलाई आइतबार अनलाइनबाटै सम्बोधन गर्दै अधिकारीले कोभिड-१९ का कारण सबै क्षेत्रको आत्मबल गिरेको बताएका हुन्। ‘उद्योग ब्यवसाय सबैको आत्मबल बढाउनु पर्ने छ। राष्ट्र बैंक र सेबोन (धितोपत्र बोर्ड) ले आत्मबल बढाउनु पर्ने हुन्छ,’ उनले भने, ‘कोभिड अन्त्यपछि वा योभित्रै बसेर पनि सबैलाई इनर्जाइज गर्नुपर्ने छ।’ अधिकारीले पुँजी बजारमा आधुनिक उपकरण तथा औजारहरुको प्रयोग गर्नुपर्ने बताए।

अधिकारीले धितोपत्र बोर्डले नियमन गर्नेमध्ये १२६ वटा राष्ट्र बैंकको स्वीकृतिबाट खुलेका संस्थाहरु रहेका कारण मौद्रिक नीतिले पुँजी बजारलाई पनि प्रभावित गर्ने बताए। उनले कोभिड-१९ का कारण नियामकहरु नियमनभन्दा पनि सहजकर्ताका रूपमा उभिने बेला आएको पनि उनले बताए। उनले अब चाँडै ल्याउन लागेको मौद्रिक नीतिका लागि सुझाव पनि माग गरे।

7660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?