जोडिनुहोस
मङ्लबार, जेष्ठ २३, २०८०
मङ्लबार, जेष्ठ २३, २०८०
  • होमपेज
  • ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्सको एकीकृत कारोबार

ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्सको एकीकृत कारोबार

ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनीबीच मर्जर भई बुधबारदेखि एकीकृत कारोबार सुरु भएको छ। धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले एकीकृत वित्तीय कारोबारको औपचारिक शुभारम्भ गरेकी थिइन् ।  ग्लोबल आईएमइले हाथवेलाई मर्ज गरी एकिकृत कारोबार सुरु गरेसंगै अब हाथवेका सबै कारोबार ग्लोबल आईएमइबाटै हुनेछ ।

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा एक्विजिशनका माध्यमबाट सबल र सक्षम वित्तीय संस्था बनाउने नीति अनुरुप हाथवे फाइनान्सलाई एक्विजिशन गरेको जानकारी दिए ।
कार्यक्रममा हाथवेका अध्यक्ष अम्बिका प्रसाद पौडेलले मर्जर पछि शेयर होल्डर तथा कर्मचारीले उचित सम्मान पाउने आफु विश्वस्त रहेको बताए ।
हाथवे मर्जर पछि ग्लोबलको चुक्ता पूँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुगेको छ। यसका अतिरिक्त बैंकको शाखा सञ्जाल १४५, कूल निक्षेप १ खर्ब २७ अर्ब र कूल कर्जा १ खर्ब १९ अर्ब भन्दा बढी पुग्नेछ भने ग्राहक संख्या ११ लाख भन्दा बढी पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका