जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बैशाखमा १३ वाणिज्य बैंकहरुले ब्याजदर घटाए

बैशाखमा १३ वाणिज्य बैंकहरुले ब्याजदर घटाए

आगामी महिनाका लागि बैंकहरुले ब्याजदर सामान्य घटाएका छन् । नयाँ वर्ष २०८१ को बैशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकहरुले चैत महिनाको तुलनामा ब्याजदर सामान्य घटाएका हुन् ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार वाणिज्य बैंकहरुमा संस्थागत मुद्धति निक्षेपमा अधिकतम औषत ब्याजदर ०.१३ प्रतिशतबिन्दुले घटेको छ । अर्थात, चैत महिनामा संस्थागत मुद्धति निक्षेपमा ६.०० प्रतिशतबिन्दु रहेको बैंकहरुको ब्याजदर बैशाखमा घटेर ५.८१ प्रतिशतबिन्दु कायम भएको छ ।

त्यस्तै, बैशाखमा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा औषतमा अधिकतम ७.०७ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन् ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये बैशाखमा १३ वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । त्यस्तै, ५ वाणिज्य बैंकहरुले बैशाखमा चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा एभरेष्ट बैंक र एनएमबि बैंकले भने निक्षेपको अधिकतम ब्याजदर क्रमशः ०.९७ प्रतिशतविन्दु र ०.५ प्रतिशतविन्दुले बढाएका छन् ।

480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका