जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • योगी आदित्यनाथ को धम्कीपूर्ण अभिव्यक्ति निन्दनीय : प्रधानमन्त्री केपी शर्मा ओली

योगी आदित्यनाथ को धम्कीपूर्ण अभिव्यक्ति निन्दनीय : प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोना नियन्त्रण तथा उपचारमा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब खोज्ने बेला नभएको बताएका छन् । जेमा पनि अनियमितता देख्ने प्रवृत्ति रहेको भन्दै उनले त्यसमा नबग्न सांसदहरुलाई आग्रह गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानन्त्री ओलीले भने, ‘आफ्नो एउटा प्रणाली छ । केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ । अनि दिनैपिच्छे लेखा परीक्षण हुँदैन । अहिले सबै काममा बढी केन्द्रित भएका छन् ।’ उनले अघि भने, ‘अहिले १० अर्बको हिसाब खोज्ने होइन, कोरोनाविरुद्ध केन्द्रित हुने बेला हो ।’

यदि कतिकतै अनियमितता भएको भए छानबिन गर्ने र दोषी पाइए कारबाही प्रधानमन्त्री ओलीले गर्ने बताए । उनले अहिले काम गरिएकोहरुलाई शंका गर्नु उपयुक्त नहुने पनि जिकिर गरे । प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्न पर्खिएर बसेका थिए, अलिकति रकम पाउनासाथ अनियमितता गरे भनेर आशंका गर्नुपर्ने स्थिति होइन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अघिल्लो हप्ता नेपालबारे दिएको अभिव्यक्ति आलोच्य र निन्दनीय भएको बताएका छन् ।

प्रतिनिधिसभामा बुधबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नेपाललाई हेप्न खोजेको हो भने आफूहरु हेपिन तयार नभएको बताए । गत बुधबार भारत लखनउमा इन्डो एसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा महामन्त्री योगी आदित्यनाथले नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दा अघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा सोच्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनले ‘तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालले सम्झिनुपर्छ’ भनी धम्कीपूर्ण भाषा बोलेका थिए ।

त्यस विषयमा कांग्रेस सांसदहरुले सरकारको धारणा माग गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भने ‘यदि उहाँले त्यसरी बोल्नु भएको हो भने त्यो जायज होइन र त्यसरी नेपाललाई धम्क्याउन खोज्नुभएको हो भने उचित होइन ।’
आदित्यनाथ भारतको केन्द्र सरकारको निर्णायक व्यक्ति नभए पनि मुख्यमन्त्रीको हैसियतमा पनि त्यस्तो बोल्न नहुने प्रधानमन्त्री ओलीले बताए ।
मुख्यमन्त्रीको हिसाबले त्यस्तो बोल्नुभएको हो भने पनि नबोलिनुपथ्र्यो । बोल्नुभएको हो भने आलोच्य विषय हो, नेपाललाई धम्की दिनुभएको हो भने निन्दनीय विषय हो’ उनले भने ।

प्रधानमन्त्री ओलीले थपे ‘त्यस्तो कुरालाई हामी नेपालमाथिको अवहेलनाका रुपमा बुझ्छौं । नेपाल हेपिन तयार छैैन, मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु ।’

8655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका