जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बैंकर्स संघले भन्यो- सन्तुलित मौद्रिक नीति आयो

बैंकर्स संघले भन्यो- सन्तुलित मौद्रिक नीति आयो

नेपाल बैंकर्स संघले चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति सन्तुलित रहेको बताएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको बताएका हुन् ।

बैंक तथा वित्तीय क्षेत्रबाट जाने कर्जा वृद्धिदर भने ११.५ प्रतिशतको लक्ष्य कम भएको उनले बताए । अघिल्लो वर्ष १२ प्रतिशतभन्दा धेरै रहेकाले यसपटक पनि बढी हुनुपर्ने उनको बुझाइ छ । ‘अहिले ५६५ अर्बको ग्रोथ भनिए पनि रेगुरल बेसिसमा जाँदा ७ सय अर्ब हुन जान्छ,’ उनले भने ।

राष्ट्र बैंकले कर्जा उत्पादनमूलक क्षेत्रमा लैजाने भनेको र यसले रियल इकोनोमीलाई बढाउन सहयोग गर्ने केसीले बताए । राष्ट्र बैंकले घर कर्जा, सेयर कर्जा र अटो कर्जामा सहजीकरण गर्दा सानो-सानो कर्जाको प्रवाह बढेर जाने उनको भनाइ छ ।

मनी मार्केटमा उतारचढाव कम हुने र स्थायित्व हुने अध्यक्ष केसीको दाबी छ । विदेशी पैसा ल्याउने बैंकलाई गरिएको सहजीकरण स्वागतयोग्य रहेको उनले बताए ।

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्ने भन्नु पनि धेरै राम्रो रहेको र यसले क्रेडिट ग्रोथमा काम गर्ने अध्यक्ष केसीको भनाइ छ । त्यस्तै बैंकिङ कसुर ऐन संशोधन गरिए बैंकिङ क्षेत्रमा काम गर्नेको मनोबल बढ्ने उनले बताए ।

विप्रेषण र विदेशी मुद्राको सञ्चितिमा भएको वृद्धिले अर्थतन्त्र सहज बन्दै गएको केसीको भनाइ छ । अध्यक्ष केसीले ब्याजदरको भद्र सहमति तोड्दा बैंकिङ क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा हुने बताए ।

सबै मिलेर सहमति गरेर ब्याजदर खुला छाडिएको उनक भनाइ छ । ‘ब्याजदर खुला छाड्दा निक्षेपकर्ताले नै फाइदा लिने हुन्, अहिले खुला छाडेको ब्याजदर अब दीर्घकालीन रुपमा जान्छ,’ उनले भने ।

अध्यक्ष केसीले बैंकको नाफा धेरै भन्न नमिल्ने बताए । ‘कुनै बेला २४ प्रतिशत रहेको लगानीमा प्रतिफल (आरओई) अहिले घटेर ११ प्रतिशत हाराहारीमा झरेको छ, यसलाई बढी भन्न मिल्दैन,’ उनले भने ।

संघका उपाध्यक्ष सन्तोष कोइरालालले ब्याजदर निर्धारणको जिम्ममा बजारलाई छाडिएको र यसले भविष्यमा राम्रो प्रभाव पार्ने तर्क गरे । ‘ब्याजदर खुला छाड्दा तत्कालभन्दा भविष्यमा पार्ने प्रभाव राम्रो हुन्छ,’ उनले भने ।

575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका