जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • नागरिक लगानी कोषले डाक्यो साधारण सभा

नागरिक लगानी कोषले डाक्यो साधारण सभा

नागरिक लगानी कोष ले असार २० गते कम्पनीको २५ औं साधारण सभा आह्वान गरेको छ। जेठ २८ गते सम्पन्न सञ्चालन समितिको ६४४ औं बैठकले सभा बोलाउने निर्णय गरेको हो।
केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा आह्वान गरिएको सभाले सञ्चालन समितिले गत आवको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको २२ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनाका लागि १.१६ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने मुख्य प्रस्ताव रहेके छ।
यसैगरि बोनस पश्चात कायम हुन आउने चुक्ता पूँजीको १०० कित्ता बराबर ८२.८४ कित्ता अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभामा राखिएको छ।
सभाले आव २०७५/७६ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान, र नगद प्रवाहको विवरणमाथि छलफल गरि पारित गर्ने एजेण्डा पनि रहेको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १० गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ।

10420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका