जोडिनुहोस
मङ्लबार, असार ३०, २०८३
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • बालेनको ‘देश बनाउने टोली’

बालेनको ‘देश बनाउने टोली’

प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत आफ्ना दुई मन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ को संज्ञा दिएका छन् । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उनले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार मन्त्री सुनिल लम्साललाई बीचमा राखेर अँगालो हालेको तस्बिर सेयर गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र यी दुवै मन्त्रीहरू प्रधानमन्त्री शाहका निकै नजिकका र विश्वासपात्रका रूपमा चिनिन्छन् । देशको विकास र सुशासनमा महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्रालयको नेतृत्व गरिरहेका यी दुई मन्त्रीसँगको हार्दिकता झल्किने तस्बिरलाई प्रधानमन्त्रीले विशेष महत्त्वका साथ प्रस्तुत गरेका हुन् ।

160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?