जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शुक्रबार अफिस खुलेकोे एक घण्टामै बीमा पुनः शुरु भइहाल्यो

शुक्रबार अफिस खुलेकोे एक घण्टामै बीमा पुनः शुरु भइहाल्यो

हतारमा निर्णय गर्ने र फुर्सदमा पछि हट्ने सरकारी रोग बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा पनि सरेको छ । वैशाख ७ मा कोरोना बीमा भनेर ल्याएको नयाँ कार्यक्रम बिहीबार एकाएक बन्द भयो । शुक्रबार फेरि वीमा कार्यक्रम खुल्ला गरियो । वीमा गर्नेहरुको तीव्र आकर्षण हुँदाहुँदै बीमा कम्पनीहरुले कोरोना बीमा पोलिसी नै बन्द गर्न समितिलाई दबाव दिए । बीमा समितिले पनि तत्कालै कोरोना बीमा पोलिसी बन्द भएको घोषणा गर्यो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले गत १५ गते बजेट भाषणमा नै भनेको अर्थात राज्यको प्राथमिकतामा परेको कोरोना वीमा कार्यक्रम एक्कासी बन्द भएपछि सबैको चासो हुने नै भयो । तथापि बजेट कार्यान्वयनमा नै ठाडो चुनौती दिएर बन्द भएको कोरोना बीमा कार्यक्रम शुक्रबार पुनः सुचारु भएको छ । कोरोना पोजिटिभ आए एक लाख रुपैयाँसम्मको जोखिम बहन गर्ने यो कार्यक्रम बन्द हुनुको प्रमुख कारण थियो, संक्रमितको संख्या धेरै हुनु । तर, कोरोना बीमा बन्द हुनुको अर्को कारण पनि चर्चामा आएको छ ।

तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको सिफारिसमा मन्त्रिपरिषदबाट नियुक्ति पाएका बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र अर्थमन्त्री डा. युवराज खतिवडाको खासै राम्रो सम्बन्ध छैन । कोरोना बीमा पोलिसी बन्द भएपछि सरकारको कार्यक्रमलाई धक्का लाग्यो । र, अर्थमन्त्रीकै दबावमा पुनः यो सुचारु भएको छ । भोलि अप्ठेरो परेमा सरकारले सहयोग गर्ने अर्थमन्त्रीले बीमा समितिलाई वचन दिएपछि कोरोना वीमा कार्यक्रम फेरि सुचारु हुने भएको हो । आखिर विहीबार अकस्मात् कोरोना बीमा किन बन्द भयो ? अनि एकदिन पनि नबित्दै किन निर्णय फिर्ता भयो ? यिनै विषयमा हामीले वीमा समितिका अध्यक्ष चापागाईंसँग कुराकानी गरेका छौं ।

कोरोना वीमा कार्यक्रम बिहीबार बन्द गरेर शुक्रबार पुनः सुचारु भएको घोषणा गर्नुभो, यो लफडा के हो ?

पहिलो कुरा त एकदिन पनि भएकै छैन । दोस्रो कुरा बन्द पनि भएको छैन । बन्द भएको भन्ने कुरालाई नै म अस्वीकार गर्छु । हामीले हिजो सूचना बन्द भनेर निकालेका थिएनौं । हामीले स्थगन भनेका थियौं ।

बीमाको नियमअनुसार विहीबार राति १२ बजेसम्म बीमा गर्ने सुविधा दिएका थियौं । शुक्रबार पनि विहान ११ बजेबाट नै यो बीमा शुरु भइसकेको छ । हामीले शुरुमा नै भनेका थियौं कि, यसको बेला बेलामा रिभ्यू हुन्छ । सके हामी नै धान्छौं, नसके सरकारलाई गुहार्छौं हामीले भनेकै थियौँ ।

हामीसँग एउटा पुर्नबीमा कम्पनी छ । यसको विदेशमा पुनर्बीमा नहुने भएकाले हामीले यसलाई बेलाबेलामा रिभ्यू गर्छौं भनेका थियौँ । विहीबार हामीले रातभरि नसुती रिभ्यु गरेका छौं । शुक्रबार अफिस खुलेकोे एक घण्टामै बीमा पुनः शुरु भइहाल्यो । यसलाई बन्द भएको थियो भनेर बुझ्नुभएन ।

ल तपाईले भनेकै कुरा मानौं, स्थगन मात्र भएको हो । अनि कोरोना बीमा स्थगनै गर्नुपर्ने अवस्था चाहिँ किन आयो ?

हामीले केही नयाँ मोडालिटी बनाउनुपर्ने थियो । हाम्रा निर्जिवन बीमा कम्पनीहरुको पुँजी २० अर्ब छ । एउटा पुर्नबीमा कम्पनीको १० अर्ब जोड्दा ३० अर्ब पुँजी हुन आउँछ । हाम्रो हिजोसम्मको दायित्व पनि ३० अर्ब पुगेको थियो ।

दायित्व र पुँजी नै असमान हुने अवस्था आएपछि गाह्रो हुन्छ भनेर नयाँ मोडालिटी बनाउनुपर्छ भन्ने कुरा आएको हो । बीमा कम्पनीका साथीहरुले एउटा कमिटी बनाएर यसलाई टुंग्याऔं भन्नुभएको थियो ।

मैले कमिटी बनाउनुपर्दैन, म आफै काम गर्छु भनेँ । नियामक निकायको प्रमुख नै कमिटीमा बस्ने कुरा भएन । मैले म आफैँ अध्ययन गरेर काम गर्छु भनेँ । त्यसपछि हामीले केही समय लगाएर मोडालिटी तयार गर्न सफल भयौँ ।

नयाँ मोडालिटी कस्तो बनाउनुभयो त ? बीमा त पहिलेकै अनुसार हुने भनिएको छ त ?

बीमा पुरानै तरिकाले हुने हो । यसमा जोखिम वहन गर्ने क्षमता अलिकति परिवर्तन भएको छ । पहिलो १० हजार व्यक्ति अर्थात एक अर्ब रुपैयाँ बराबरको जोखिम बीमा कम्पनीहरुले धान्नेछन् । त्यो भन्दा माथि दायित्व सिर्जना भयो भने थप एक अर्ब रुपैयाँसम्म हाम्रो नेपाल पुनर्बीमा कम्पनीले धान्ने छ ।

मलाई प्रोजेक्ट चिफ बनाएर जानुभयो । वहाँ गभर्नर हुनुहन्थ्यो, वहाँको मार्गदर्शन र निर्देशनअनुसार नै मैले सफलतापूर्वक काम सम्पन्न गरेको हुँ । अहिले राष्ट्र बैंकले जुन प्राइस इन्डेक्स निकाल्छ, मुद्रा स्फितिको । म जुनियर अधिकृत हुँदा नै वहाँले मलाई त्यतिबेरै माया गरेर यो जिम्मेवारी दिनुभएको थियो । अहिले पनि राष्ट्र बैंकको वेबसाइटमा पाइएला, मेरो नेतृत्वमा भएको काम । कनिष्ट निर्देशक हुँदाहुँदै पनि सर्वेमा काम गर्ने ४ हजारभन्दा बढी मान्छेहरुको नेतृत्व गरें ।

अब त्यसपछि पनि २ अर्बबाट क्रस गर्यो भने ५० करोड रुपैयाँ बीमा कम्पनीहरुको महामारी कोषमा रहेको रकमबाट बहन हुनेछ । हाम्रो शुक्रबार बिहान सञ्चालक समिति बैठक पनि बसेको छ । यी विषयमा हामीले सञ्चालक समितिमा पनि छलफल गर्नुपर्ने थियो, गरिसकेका छौंँ ।

सञ्चालक समितिले तपाई ‘गो अ हेड’ भन्नुभएको छ । अब थप एक अर्ब रुपैयाँ हाम्रो बीमा शुल्क फण्डमा भएको रकमबाट बीमा समितिले नै बेहोर्छ । यति गर्दा हाम्रो साढे ३ अर्ब रुपैयाँ भयो ।

त्योभन्दा पनि बढी दायित्व सिर्जना हुने अवस्था आयो भने नेपाल सरकारको वार्षिक कार्यक्रम र बजेटमा पनि छ, दायित्व बहनका लागि हामी नेपाल सरकारलाई अनुरोध गर्नेछौं । दायित्व सिर्जनामा कुरा मिलेकाले हाम्रा बीमा कम्पनीहरु आजबाट पुनः उत्सुकताका साथ बीमा गर्न जानुभएको छ । मैले के भनेको छु भने, जुन कम्पनीले धेरै विमित बनाउँछ, त्यो कम्पनी पुरस्किृत हुन्छ । पूर्वी झापादेखि दैलेख हुँदै पश्चिम कञ्चपुरसम्मको मान्छेलाई बीमाको दायरामा ल्याउनुस् । अब कोरोनाको कारणले नेपाली जनतालाई परेको आर्थिक दायित्व बीमा कम्पनीले जुन दिन्छु भनेको छ त्यो दिन तयार छ भन्ने सन्देश फैलाउनुस भनेको छु । वहाँहरु खुसी हुनुभएको छ ।

अर्थमन्त्री र तपाईको सम्वन्धका कारण पनि बजेटमा समावेश भएपछि स्थगन भएको चर्चा पनि छ नि ?

त्यस्तो कदापि होइन । माननीय अर्थमन्त्रीज्यूसँग मेरो राम्रो सम्वन्ध छ । मन्त्रीज्यूले मलाई आवश्यक निर्देशन दिनुहुन्छ, वहाँले मलाई सपोर्ट गर्नुभएको छ । वहाँ नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा म राष्ट्र बैंकमै थिएँ । वहाँको माताहतको कर्मचारी भएर काम गरेँ । अर्थमन्त्रीसँग मेरो राम्रो सम्वन्ध छैन भनेर मिडियाले किन लेख्छन्, मैले कुरो बुझेको छैन । सम्वन्ध राम्रो छैन भन्ने कुरा गलत हो । एउटा कुरा तपाईंलाई के भन्न चाहान्छु भने नेपाल राष्ट्र बैंकले गर्ने सबैभन्दा ठूलो पारिवारिक भन्ने सर्वेक्षण हुन्छ । मुद्रास्फिति मापन गर्नका लागि यसले कन्जुमर प्राइस इन्डेक्स निकाल्छ । यसका लागि प्रत्येक १०/१० वर्षमा ठूलो सर्वे गर्छ ।

पाँचौं पारिवारिक बजेट सर्बे गर्ने बेलामा वहाँले मलाई विश्वासका साथ त्यो सर्वेको नेतृत्व तपाईले गर्नुस् र रिजल्ट निकाल्नुस् भन्नुभएको थियो । वहाँले मलाई प्रोजेक्ट चिफ बनाएर जानुभयो । वहाँ गभर्नर हुनुहन्थ्यो, वहाँको मार्गदर्शन र निर्देशनअनुसार नै मैले सफलतापूर्वक काम सम्पन्न गरेको हुँ । अहिले राष्ट्र बैंकले जुन प्राइस इन्डेक्स निकाल्छ, मुद्रा स्फितिको । म जुनियर अधिकृत हुँदा नै वहाँले मलाई त्यतिबेरै माया गरेर यो जिम्मेवारी दिनुभएको थियो । अहिले पनि राष्ट्र बैंकको वेबसाइटमा पाइएला, मेरो नेतृत्वमा भएको काम । कनिष्ट निर्देशक हुँदाहुँदै पनि सर्वेमा काम गर्ने ४ हजारभन्दा बढी मान्छेहरुको नेतृत्व गरें । मसँग सयजना जति त कर्मचारी नै थिए । मलाई वहाँले निकै विश्वास गरेर जिम्मेवारी दिनुभएको थियो । अर्थमन्त्रीज्यूसँग मेरो नराम्रो कहिल्यै छैन । विगतमा त छँदै छैन, भविश्यमा पनि हुँदैन ।

कोरोना बीमा पाृलिसी स्थगनले बजेट कार्यान्वयनमा असहयोग भयो भनेर अर्थमन्त्री रिसाएपछि तपाई ब्याक हुनुभएको होइन ?

त्यस्तो केही कुरै भएको छैन । म फेरि तपाईलाई यो कुरा दोहोर्याउन चाहान्छु कि हामीले बन्द गरेको नै थिएनौं । मलाई थाहा छ रातारात काम गरेर आज सुचारु नगरेको भए मलाई अझ ठूलो आरोप आउथ्यो होला । म रातभर बसेर मोडल फिक्स गरेर ल्याएँ । फेरि मैले सञ्चालक समितिको बैठक पनि त राख्नुपर्ने थियो । मलाई अलिकति समय त थियो । पहिले मैले निर्णय गरेर पछि सञ्चालक समितिले स्वीकृत गरेको हो ।

अहिले त मैले छलफल गर्न पनि थोरै समय चाहिएको थियो । म एक्लैले गर्ने कुरा भएन । म स्वेच्छाचारी किसिमले अघि बढ्ने कुरा भएन । मैले बिहान ८ बजे आकस्मिक सञ्चालक समितिको बैठक राखेर सहमत गराएर, बिमक संघलाई १० बजे बोलाएर सबैको सहमतिमा सुचारु गराइसकेको छु ।

कोरोना बीमा बन्द गराउनुपर्छ भनेर प्रस्ताव गर्ने बिमकहरु नै पछि कसरी राजी भए त ?

वहाँहरुको लजिक पनि ठिकै थियो । पुँजी बराबरकै हाम्रो दायित्व सिर्जना भयो, बीमा समितिले एउटा मोडल बनाइदिनुपर्यो भन्ने वहाँहरुको कुरा थियो । वहाँहरुले कमिटी बनाउन प्रस्ताव गर्नुभएको थियो, मैले पर्दैन भनेँ । कमिटी बनाएको भए यति छिटो काम हुने थिएन । मैले रातभरि काम गरेर बिहान सञ्चालक समितिबाट पास गराएको छु ।

आज एउटा निर्णय गर्यो, भोलि पछि हट्यो गर्ने सरकारकै शैली तपाईहरुले पनि देखाउनुभयो, रातारात काम हुने थियो भने स्थगन किन गर्नु पर्थ्यो त ?

हामीले जसरी गरे पनि मोडालिटी परिवर्तन गर्नुपर्ने थियो । निर्णय गराउनु पर्ने थियो । केही सकारात्मक सोच्नुपर्छ भन्ने मलाई लाग्छ । मलाई सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्ने थियो । मेरै कारणले गर्दाखेरि रातभरि बसेर काम गरेको हो ।

बीमा कम्पनीका केही साथीहरुले त स्थगित नै गरौं भनेर आउनुभएको थियो । बन्द चाहिँ नगरौं मैले नै भनेको हो । हिजो सबैलाई डर थियो । अब छैन । यो राष्ट्रियकरण भइसकेको थियो । यसकारण हामी ब्याक हुन मिल्ने थिएन । सूचनामा हामीले केही घण्टाका लागि स्थगन भन्न मिलेन । यसलाई ल्याएको हो, राज्यको कार्यक्रममा समावेश परेको छ । अब निरन्तर हुन्छ ।

सामान्यतया युद्ध र महामारीको बीमा नहुने विश्वव्यापी चलन छ, तपाईले नयाँ अभ्यास गरेर बिवादमा तानिनुभयो होइन ?

फेरि म तपाईलाई भन्छु, यहाँ विवाद केही भएको छैन । म कतै विवादमा परेकै छैन । मैले गरेको कामको त सबैले प्रशंसा परेको छ । म नियामक निकायको प्रमुख हुँ । यो कार्यक्रम राज्यको कार्यक्रम हो । मैले राज्यको कार्यक्रम सफल बनाउनु मेरो दायित्व हो, म त्यो दायित्वबाट पछि हट्नै मिल्दैन ।

संक्रमण धेरै भएर हामी भागेको होइन । समस्या भनेको पुँजी भन्दा दायित्व धेरै भएपछिको हो । दायित्व कम हुँदासम्म हामी चुप थियौं, दायित्व धेरै भएपछि बाँडफाँट गर्नु परेको हो । यसका लागि मोडल बनाउनु परेको हो । यो पनि बीमा कम्पनीहरुकै अनुरोधमा हो । यस्तै समस्या आउन सक्ला भनेर हामीले पहिले नै बीचमा रिभ्यू हुन सक्छ त भनेका नै थियाैँ ।

हामी (बीमा समिति) ले शुरुमा ल्याएको हो । यो ठीक छ भनेर राज्यको कार्यक्रममा नै पर्यो । यहाँ विवाद गर्नुपर्ने कुरै छैन । यो कार्यक्रम नयाँ हो, यहीँ नै नभएर पनि यस्ता प्रकारका अन्य देशहरुले पनि बीमा गरेका छन् ।

अन्य देशहरुले विदेशीको गरेका छैनन्, आफ्नो देशभित्र त उनीहरुले पनि गरेका छन् । हिजो हुलदंगा र आतंकवादको भनेर बीमा पुलमार्फत बीमा गरिएको थियो होइन र ? यो महामारीका लागि पनि हामी आफैं गर्छौ भनेर गरेका हौं । यो मोडल अन्य देशहरुमा पनि जान सक्छ ।

आज पुनः शुरु भयो, भोलि सक्रमित झन् धेरै बढे भनेर कम्पनीले बन्द गर्नुपर्ने बताउने पो हुन् कि ?

तपाईहरुले आशंका गर्नु ठिकै होला । तर, संक्रमण धेरै भएर हामी भागेको होइन । समस्या भनेको पुँजी भन्दा दायित्व धेरै भएपछिको हो । दायित्व कम हुँदासम्म हामी चुप थियौं, दायित्व धेरै भएपछि बाँडफाँट गर्नु परेको हो ।

यसका लागि मोडल बनाउनु परेको हो । यो पनि बीमा कम्पनीहरुकै अनुरोधमा हो । यस्तै समस्या आउन सक्ला भनेर हामीले पहिले नै बीचमा रिभ्यू हुन सक्छ त भनेका नै थियाैँ । छोटो समयमा समस्या सकियो, म त खुसी छु । अनलाईन खबरबाट

13205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?