जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कोरोना बीमा  चार लाख १७ हजारले  गरे

कोरोना बीमा  चार लाख १७ हजारले  गरे

कोरोना बीमा गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । बीमा पुलबाट प्राप्त तथ्याङ्क अनुसार बुधबारसम्ममा चार लाख १७ हजार ९५८ जनाले कोरोना बीमा गराएका छन् । यस अवधीमा २२ करोड ९२ लाख ६६ हजार ६६९ रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । गत साता कोरोना बीमा गराउनेको संख्या तीन लाख हाराहारी मात्रै थियो ।
हालसम्म ३७ हजार ५८ वटा पोलिसी बिक्री गरी सो संख्यामा मानिसहरुले कोरोना बीमा गराएका हुन् । कोरोना बीमा सामूहिक रुपमा गर्नेहरु बढेको देखिएको छ ।
गत साता कोरोना बीमा स्थगित हुनु अघिल्लो दिनसम्म तीन लाख हाराहारी रहेको संख्या कोरोना बीमा पुनः सुरु भएसँगै करिब एक लाख जनाले कोरोनाको जोखिम बीमा पुलमा हस्तान्तरण गरेका छन् । कोरोना बीमा, बीमा समितिको पहलमा महामारीको समयमा जनतालाई राहत दिन ल्याइएको बीमा योजना हो ।
यस योजना अन्तर्गत सामूहिक रुपमा ६०० र ३०० रुपैयाँ शुल्क तिरेर क्रमशः एक लाख रुपैयाँ र ५० हजार रुपैयाँको बीमा सुविधा पाइन्छ । कोरोना बीमा कोभिड–१९ भाइरस पिसिआर टेष्टमा पुष्टि हुने वित्तिकै दावी भुक्तानी पाइने बीमा सेवा हो ।

9070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका