दैलेखको नारायण नगरपालिकाको त्रिभुवन उच्च माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका संक्रमित र प्रहरीबीच झडप भएको हो ।
झडपका क्रममा प्रहरीको कुटाइबाट ४ जना घाइते भएका छन् । घाइतेहरुलाई दैलेख अस्पतालको आइसोलेसन बार्डमा लगिएको छ ।
क्वारेन्टिनमा बस्दै आाएका ४३ जना संक्रमितहरुले दोस्रो पीसीआरको रिपोर्ट आउन ढिलो भएको भन्दै आन्दोलित भएका थिए । पीसीआर परीक्षण रिपोर्ट ढिलो आएको भन्दै आन्दोलन सुरु गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । उनले भने, ‘आन्दोलन गर्नु त उनिहरुको दैनिकी जस्तै भएको छ । घर जान पाउनु पर्ने भन्दै विद्यालयको गेट समेत तोडफोड गरेका छन् । उग्र हुन थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो ।’