जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • गरिमा विकास बैंकले चार्टर्ड एकाउण्टेण्ट्सलाई १५ लाखसम्मको प्रोफेसनल कर्जा दिने

गरिमा विकास बैंकले चार्टर्ड एकाउण्टेण्ट्सलाई १५ लाखसम्मको प्रोफेसनल कर्जा दिने

गरिमा विकास बैंकले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेडहरुलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरू प्रदान गर्ने भएको छ ।

सो सम्बन्धमा गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ बिच एक सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता–पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरे ।

सम्झौता पश्चात् नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेण्ट सदस्यहरूले न्यूनतम आवश्यक कागजातमा रु.७५ हजार देखि रु.५ लाख सम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्नुका साथै आवश्यक प्रक्रिया पूरा गरी बिना धितो रु.१५ लाखसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा प्राप्त गर्न सक्नेछन् ।

त्यसै गरी विकास बैंकले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेण्ट सदस्यहरूलाई आकर्षक ब्याजदरमा घर कर्जा र सवारी साधन कर्जा समेत प्रदान गर्नेछ ।

हाल गरिमा विकास बैंकले “अब आफ्नै घर” भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखिनै गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गरिरहेको छ ।

हाल, गरिमा विकास बैंकको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमका साथै नवीनतम डिजिटल बैकिङ मार्फत करिब ९ लाख ५० हजार ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?