जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२

हालको खबर

  • होमपेज
  • नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिको निर्वाचन साउन २५ र २६ गते हुने भएको छ ।
आइतबार बसेको पदाधिकारी बैठकले निर्वाचनको मिति तोकेको हो । सोमबार बस्ने कायकारिणीको बैठकले सोही अनुसार निर्णय गर्नेछ ।यसअघि गत चैतमा हुने भनिएको महासंघको निर्वाचन लकडाउनका कारण स्थगित भएको थियो ।
निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल र किशोर प्रधान उठ्ने घोषणा गरिसकेका छन् । नयाँ कार्यसमितिमा वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन्
तीन साता अघि भएको भर्चुअल मिटिङमा मिति तोक्ने विषयबाट सुरु भएको विवादले उग्र रूप लिएको थियो। महासंघका विशिष्ठ सदस्य एवं पूर्व अध्यक्ष चण्डीराज ढकालले महासंघकी अध्यक्ष भवानी राणाविरुद्ध अनर्गल आरोप लगाएपछि विवाद झन् चुलिएको थियो।
दुई साता अघिको पदाधिकारी बैठकमा ढकालविरुद्ध खेद प्रस्ताव समेत पारित भएको थियो। खेद प्रस्ताव पारित भएपछि उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल, उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष निरक केसीले आपत्ति जनाएका थिए।
खेद प्रस्ताव पारितसँगै चुलिएको विवादलाई अहिले भने मत्थर भएको छ। स्रोतका अनुसार खेद प्रस्तावलाई कार्यसमिति बैठकमा पेश नगर्ने र त्यो मुद्दालाई नउछाल्ने सहमतिपछि विवाद मत्थर भएको हो। सोमबार हुने कार्यसमिति बैठकमा खेद प्रस्तावको विषयलाई नलैजाने सहमति भएको छ। यो सहमतिसँगै साउन अन्तिम साता मिति तोक्न दुवै पक्ष राजी भएका हुन्।
चण्डीसँगको विवाद यसरी मिलेको पहिलो पल्ट भने होइन। यसअघि पनि विधान संशोधन गर्न नमानेको भन्दै चण्डीले राजीनामा दिएका थिए। तर त्यो राजीनामा उपाध्यक्ष किशोरकुमार प्रधानले आफ्नो खल्तीमा राखे। त्यो राजीनामा त्यतिकै तुहियो। अहिले भने उनै प्रधानले खेद प्रस्ताव राखे, तर खेद प्रस्ताव बारे माैन बस्ने सहमति बन्याे

6990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका