जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • सरकारी उच्च कर्मचारीहरुनै प्राइभेट बैंकका अध्यक्ष बनेपछिः डिपोजिटमा हाहाकार हुने बैंकरहरुकै चेतावनी ?

सरकारी  उच्च कर्मचारीहरुनै प्राइभेट बैंकका अध्यक्ष बनेपछिः डिपोजिटमा हाहाकार हुने बैंकरहरुकै चेतावनी ?

नेपालका २७ वाणिज्य बैंकहरुमा पछिल्लो समय सरकारी उच्च तहका कर्मचारीहरु बैंक सञ्चालक समितिको अध्यक्ष बन्न थालेपछि केही बैंकरहरुले पंक्तिकारसंग भने यति अवस्था बन्दै गए हाम्रा बैंकमा चर्को तरलता अभाव अब देखापर्न थाल्दछ । सबैभन्दा ठूला डिपोजिट भएका सरकारी स्वामित्वका संस्था कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषका प्रमुखहरु नै प्राइभेट बैंकका सञ्चालक समितिका अध्यक्ष बनेको छन् ।

हिमालयन बैंक लिमिटेडका सञ्चालक समितिको अध्यक्ष कर्मचारी सञ्चयकोषका प्रम्ुख प्रशासक तुलसी प्रसाद गौतमलाई गत फाल्गुन १ गतेदेखि लागु हुनेगरी सथप गराएको छ । यस्तै भाद्र १७ गते हिजो देखि लागु हुने गरी नागरिक लगानी कोषका सीइओ रमण नेपाललाई लक्ष्मी बैंक लिमिटेडको संञ्चालक समितिको अध्यक्षमा नियुक्ति गरिएको छ । उनीले हिजै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसंगै सपथ लिएका छन् ।

यी दुवै संस्थाहरुको प्रमोटर शेयर दुवै बैंकमा छ । नेपाल र गौतम बैंक सञ्चालक समितिको अध्यक्ष बन्न पाउने अधिकार पक्कै होला । तर, उनीहरु अध्यक्ष बनेपछि यी ठुला डिपोजिट भएका संस्था नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषको पैसा अरु वाणिज्य बैंकमा अब नजाने, उनीहरुले आफू नै अध्यक्ष भएको बैंकमानै अन्य बैंकले दिएको ब्याजमै राख्ने भएपछि २४ वाणिज्य बैंकहरुले ठूलो डिपोजिट नपाउने भन्दै बैंकरहरुले अब बैंकहरुमा चर्को तरलता अभाव हुने चेतावनी दिएका छन् ।

अहिले कोरोना भाइरसको महामारी भएपछि बैंकहरुको कर्जा लगानी घटेको छ । नेपाल बैंकर्स संघले डिपोजिट ब्याजदरको भद्र सहमति लागु नहुने निर्णयनै गरिसकेको छ ।

भोलि कर्जाको चर्को माग भए पछि फेरि भद्र सहमती भए अन्य २७ वटा वाणिज्य बैंकहरुले नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषको ठूलो डिपोजिट नपाउने एक सीइओले पंक्तिकारसंग बताए उनीले चेतावनी दिँदै भने आफ्नै संस्थाको सीइओ र अर्को प्राइभेट बैंकको अध्यक्ष भएपछि हामलिे त डिपोजिट पाउने कुरा लास्सामा सुन छ कान मेरो बुच्चै भए जस्तै हो नि ।

अहिले पनि हिमालयन बैंकमा ठुलो कर्मचारी सञ्चय कोषको डिपोजिट छ । अरु बैंकमा पनि केही छ । तर ठूलो डिपोजिट भने छैन । यस्तै लक्ष्मी बैंकमा नागरिक लगानी कोषेको ठूलो डिपोजिट राखिएको छ । अन्य बैंकमा केही साना हिस्सा मात्रै रहेको देखिन्छ । ती सीइओले भनेः बैंक भित्रका गतिविधिमा थप सकृय देखाउन र सरकारी संस्थाकै मान्छे राखेपछि ठूलो बैंक भन्ने देखाउन यस्तो परम्परा शुरु भएको हो ।

यसले निकट भविष्यमा २४ वाणिज्य बैंकको तरलतामा ठूलो असर पर्ने र लगानीमा चुनौती थपिने ती बैंकरले दाबी गरे । एउटै व्यक्ति एकातिर सीइओ र अर्कोतिर बैंक अध्यक्ष बन्नु चाहि राम्रो पक्ष पक्कै होइन । यसले संस्था भित्रको कर्पोरेट सुशासनलाई कस्तो प्रभाव पर्ने हो । त्यो हेर्न भने बाँकी छ । सचेत भया ।

13435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?