जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा बीमा प्राधिकरण आबद्ध

एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा बीमा प्राधिकरण आबद्ध

नेपाल बीमा प्राधिकरण नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को नेसनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीले मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतापछि प्राधिकरणको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानीमध्ये तलब, भेन्डर भुक्तानी, लगानीलगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताबीच सोझै गर्न सकिने एनसीएचएलले जनाएको छ।

बीमा क्षेत्रमा नयाँ आयाम थप्दै डिजिटल भुक्तानीको माध्यमको प्रयोगलाई थप प्रोत्साहन गर्न बीमा प्राधिकरण र एनसीएचएलसँगको यस सहकार्यले झन् टेवा पुग्ने विश्वास एनसीएचएलको छ।

यसअघि प्राधिकरणले प्रदान गर्ने बीमा एजेन्ट तथा सर्भेयरको लाइसेन्स नवीकरणको अनलाइन भुक्तानी एनसीएचएलको कनेक्ट आइपीएस प्रणालीमार्फत हुने व्यवस्था गरेको थियो। आगामी दिनहरुमा प्राधिकरणले अन्य सेवाहरु पनि क्रमश: डिजिटाइज गर्दै लैजाने लक्ष्य लिएको छ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको पेमेन्ट स्वीचमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन्।

१५ बीमा कम्पनीहरुका साथै अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनी, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ९० भन्दा बढी गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट प्राविधिक सदस्यका रुपमा आबद्ध रहेको एनसीएचएलले जनाएको छ।

675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका