जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकद्धारा मृतकको क्रण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको क्रण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बंैक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बंैकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिनुभएको बिष्णुमाया दर्जीको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

बैंकले निजले लिएको बिनाधितो कर्जाको भुक्तान गर्न बाँकी रकम रु.२२,४९९।०० मिनाह गरेको छ । साथै निजले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज रु.२०३,४८३।०० र काजक्रिया खर्च बापतको रकम रु.५,०००।०० समेत गरी जम्मा रु.२,०८,४८३।०० (अक्षरुपी दुई लाख आठ हजार चार सय त्रियासी रुपैंया मात्र ) बैंकको पार्वतीपुर शाखाका शाखा प्रमुख श्री सन्तोष तिवारी र साना तथा लघुबैंकिङ्ग डेस्क प्रमुख श्री ढुण्डराज पौडेलले मृतककी छोरी विनिता दर्जीलाई श्रीमान् बाबुराम दर्जीको रोहोबरमा संयुक्त रुपमा हस्तान्तरण गरेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताउनु भयो ।

बैंकले समुहमा आवद्ध र बिनाधितो कर्जा उपभोग गरेका सदस्यको मृत्युभएमा बाँकी कर्जा र ब्याज मिनाह
गरी भुक्तानी गरिसकेको सावाँ ब्याज फिर्ता गर्नुको साथै काजक्रिया खर्च समेत उपलब्ध गराउँदै आईरहेको
छ ।

8755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका