जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • निष्क्रिय कर्जा बढेपछि समृद्धि फाइनान्स नोक्सानीमा

निष्क्रिय कर्जा बढेपछि समृद्धि फाइनान्स नोक्सानीमा

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनी चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ७ करोड ७३ लाख नोक्सानीमा रहेको छ । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले रू. ६० लाख २२ हजार नाफा कमाएको थियो ।

चालू आवमा इम्पेरमेन्ट चार्ज र निष्क्रिय कर्जा बढेकाले कम्पनी नोक्सानीमा गएको छ । गत आवमा कम्पनीको इम्पेरमेन्ट चार्ज रू. ४६ लाख ९४ हजार रहेकोमा चालू आवमा रू. ७ करोड ८९ लाख पुगेको छ । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा ३ दशमलव शून्य ७ प्रतिशत रहेकोमा चालू आवमा १३ दशमलव ९२ प्रतिशत पुगेको छ ।

कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म जगेडामा रू. १७ करोड १७ लाख सञ्चित गरेको कम्पनीको रिटेन्ड अर्निङ रू. ३९ करोड ५० लाख ऋणात्मक रहेको छ । दोस्रो त्रैमाससम्म रू. १ अर्ब ५८ करोड निक्षेप संकलन गरेको कम्पनीले रू. १ अर्ब ६२ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ४९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. २ करोड ९८ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा रू. ४ करोड ४६ लाख पुगेको छ ।

1465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका