जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • शिखर इन्स्योरेन्सको नाफा ४७ करोड ५७ लाख रुपैयाँ

शिखर इन्स्योरेन्सको नाफा ४७ करोड ५७ लाख रुपैयाँ

शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा ५.६७ प्रतिशतले खुद मुनाफा बढाउन सफल भएको छ । कम्पनीले यस अवधिमा ४७ करोड ५७ लाख रुपैया मुनाफा आर्जन गरेको हो । गत वर्षको यहि अवधिमा कम्पनीले ४५ करोड एक लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

खुद बीमा शुल्क आर्जन २.३२ प्रतिशतले सुधार हुँदा कुल बीमा शुल्क आर्जन भने १२.७९ प्रतिशतले बढेको छ । कम्पनीले २ अर्ब ८८ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने कुल बीमा शुल्क आर्जन त अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

दाबी भुक्तानी गत वर्षको भन्दा २.५२ प्रतिशतले घटेको छ । यस अवधिमा ८५ करोड २५ लाख रुपैया दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा ८७ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीले अझै २० करोड १० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । अघिल्लो आर्थिक वर्षमा ८० करोड रुपैंयाँ दाबी भुक्तानी तिर्न बाँकी थियो । यस वर्ष कम्पनीले दाबी भुक्तानीलाई उल्लेख्य प्राथमिकता दिएको छ ।

चुक्ता पूँजी २२ प्रतिशतले बढाएर एक अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा ५७ करोड २० लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ । प्रतिशेयर आम्दानी २७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ छ ।

4480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका