जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई र सेलपेबीच सहकार्य

ग्लोबल आइएमई र सेलपेबीच सहकार्य

ग्लोबल आइएमई बैंकले डिजिटल भुक्तानीका लागि सेलपेसँग सहकार्य गरेको छ। भुक्तानी सम्झौंतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्री र सेलकमा प्रवन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे।

ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट ग्लोबलको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।सेलपेमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन-पाउन,बिमा रकम भुक्तानी, इएमआई भुक्तानी, बिमा रकम भुक्तानी, कोविड-१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबारको भुक्तानी गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

सेलपेले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्छ। भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणाली विकास गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

12810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका