जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सामसङले ल्यायो दशैं विशेष अफर, उपहारमा डेली टिभी, ड्याम्मै कार!

सामसङले ल्यायो दशैं विशेष अफर, उपहारमा डेली टिभी, ड्याम्मै कार!

सामसङले यस वर्षको चाडपर्वमा आफ्ना उपभोक्ताहरुको लागि उत्साहजनक उपभोक्ता अफर– यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार ल्याएको छ । यो अफर भाद्र १४ देखि असोज १४, २०७९ सम्म लागू रहने कम्पनीले जनाएको छ ।

सामसङ स्मार्ट फोन वा ट्याबलेट खरीद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन् र योजनामा सहभागी बन्नका लागि ग्राहकले सामसङ स्पेस राखी खरीद गरेको डिभाइसको सिरियल नं. टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्नेछ । यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्चको सामसङ टिभी र बम्पर पुरस्कारमा एउटा कार ड्याम्मै जित्न सक्नेछन् ।

यस अफरको बारेमा जानकारी दिंदै सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “सामसङ उपभात्ताहरुको जीवनलाई सहज बनाउनको लागि सधै प्रतिबद्ध छ । यो चाडपर्वको मौसममा हामीले हाम्रा उपभोक्ताहरूलाई खुसी हुने र उनीहरूको जीवनलाई अझ राम्रो बनाउने अर्को कारण प्रदान गर्ने कोशिश गरेका छौैं ।’

उनका अनुसार  मनपर्ने सामसुङ स्मार्टफोन र ट्याब्लेटको प्रत्येक खरिदको साथ उपभोक्ताहरूले अर्कषक उपहारहरू जित्ने मौका पाउनेछन् । यस योजनाले ग्राहकहरूलाई पुरस्कृत गरि यस माहान चाड अझै हर्षित र उत्साहजनक बनाउछ भन्ने उनको विश्वास रहेको छ ।

यस योजनामा सहभागि बन्नका लागि हरेक सहभागीले सामसङको आधिकारिक बिक्रेता वा इ–कमर्स साइटबाट अफरको अवधिभरमा सामसङ स्मार्ट फोन वा ट्याबलेट मध्ये कुनै एक खरीद गरेको हुनुपर्नेछ । सामान खरीद गरेपछी खरीदकर्ताले खरीद गरेको सामानको सिरियल नम्बरसहित सामसङ टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्ने जनाएको छ ।

एसएमएस पठाउने सबै सहभागीहरु मध्येबाट विजेताको चयन गरिनेछ र गोला प्रथा साप्ताहिक रुपमा गरिनेछ । यद्यपि, योजना अवधिभरका लागि दैनिक रुपमा गोला प्रथा संचालन गरिनेछ र गोला प्रथालाई सामसङ फेसबुक पेजमा लाइभ गरिनेछ । विजयी सिरियल नम्बरहरु सोही दिन फेसबुक पेजमा पोस्ट गरिने कम्पाीले जनाएको छ ।

1425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?