जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले ९१ दिन अवधिको १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कूल ६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २०७९ वैशाख २७ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक १५ मा बैंकले १ अर्ब ६६ करोड रुपैयाँको टे«जरी बिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत् आज दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

4290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?