

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीबाट बीमा गरेका बीमित स्व. जगदिश कुमार भट्टलाई बीमा रकम भुक्तानी गरेको छ । गत फागुन ८ मा उपचारको क्रममा निधन भएका भट्टकी श्रीमती मन्जु कुमारी भट्टले दबी भुक्तानी रकम बुझेको कम्पनीले जनाएको छ ।
धनगढी प्रादेशिक प्रमुख देश राम चौधरीले असार २२ गते दाबी रकम दुई लाख रुपैयाँ र बोनस रकम ९ हजार ८सय रुपैयाँ गरी जम्मा दाबी रकम दुई लाख ९ हजार ८ सय रुपैयाँ दाबीकर्ता श्रीमती भट्टलाई प्रादेशिक कार्यालय धनगढीबाट हस्तान्तरण गरेका हुन ।